स्वागतम

मानव जीवनमा बिभिन्न प्रकारका अशक्तता हुन्छन् । कुनै बालबालिका जन्मदै अशक्त हुन्छन् भने कोही जन्मपछि बिभिन्न कारणबस अशक्त बन्न पुग्दछन् । दृष्टीविहीन, श्रवण शक्ति नभएका, बोल्न नसक्ने, हातगोडा नचल्ने, सुस्त मनस्स्थिति, पक्षघाटबाट पिडीत एवं असंवादी ९वास्तविक संसारको बेवास्था गर्ने० जस्ता अशक्तताको कारण मानिसको शारीरिक, मानसिक र बौद्धिक विकासमा प्रत्यक्ष असर पुग्न जान्छ । कतिपय अवस्थामा अशक्त बालवालिका तथा ब्यक्तिको परिवारले आफ्ना परिवारका अशक्त सदस्यको अशक्तताको वास्तविक कारण पत्ता लगाई त्यसको उचित निदानको प्रयास गर्नुको अलवा त्यसलाई लुकाउने जस्ता कमजोरी गरेको पाइन्छ । अन्य अशक्तताको तुलनामा असंवादी एक अनौठो लक्षणयुक्त अशक्तता हो । असंवादी बालवालिका तथा ब्यक्तिले संसारको कुनै पनि बिषय वा वस्तुको वास्ता गर्दैनन् । त्यस्ता बालवालिका तथा ब्यक्तिको संरक्षण तथा उपचार ज्यादै जटिल हुने भएकोले असंवादी बालवालिका तथा ब्यक्तिहरुको औषधी उपचार, पालनपोषण, शिक्षादिक्षा एवं हेरचारको उचित ब्यवस्थापन परिवार वा सरकारी तवरबाट मात्र सम्भव नहुने भएकोले निजिस्तरबाट संस्थागत रुपमा सहयोग पुर्‍याउँदै त्यस्ता ब्यक्ति तथा तिनीहरुको परिवार प्रति सामाजिक संरक्षण, सहयोग एवं सदभाव ब्यक्त गर्नु सभ्य नागरिकको मानविय कर्तव्य हो भन्ने आत्मानुभूति भै ूअसंवादी कल्याण संघ नेपाल(२०६७ू नामक एक सामाजिक संस्था दर्ता ऐन २०३४ का अधिनमा रहि स्थापना गरिएको छ ।